१० असार २०८१, सोमबार

६ वर्षकी बालिका बनिन् युट्यूबबाटै ५५ करोडकी मालिक


एजेन्सी, ६ वर्षको बच्चाले करोडौं रुपैयाँ कमाएर आमाबाबुलाई ५ वटा आलिसान महलको मालिक बनायो भन्ने कुराले धेरैलाई अचम्मित बनाउन सक्छ । तर, यो कुरा साबित भएको छ । ६ वर्षको उमेरमा नै एक बच्चाले ५५ करोड रुपैयाँ कमाएर बाबुआमाको नाममा ५ वटा महलहरु खडा गराएकी छिन् ।

६ वर्षकी ती बच्चीको नाम हो बोरम । उनी दक्षिण कोरीयामा छिन् । बोरमको दुईवटा युट्यूब च्यानल रहेको छ । जसको माध्यमबाट उनले ६ वर्षको उमेरमा नै ५५ करोड रुपैयाँ कमाउन सफल भईन् ।

ती बच्चीलाई दक्षिण कोरीयाकी यूट्यूब स्टारको रुपमा समेत चिन्न थालिएको छ । यूट्यूबमा बोरमको पहिलो टोय रिव्यूु र दोस्रो भिडियो ब्लग च्यानल मध्ये टोय रिभ्युमा उनको सब्सक्राइबर १३.६ मिलियन र भिडियो ब्लगको सब्सक्राइबर १७.६ मिलियन रहेको छ ।

सीएनएनको रिपोर्ट अनुसार बोरमले आफ्नो यूट्यूब च्यानलको माध्यमबाट ५५ करोड ८ लाख ८० हजार रुपैयाँ कमाएकी छिन् । हाल बोरमले दक्षिणी कोरियाको राजधानी सियोलमा पाँच महल खरिद गरेकी छिन् । युटुबबाट कमाएको सबै सम्पत्ति घर खरीदमा नै सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !