१२ बैशाख २०८१, बुधबार

ब्ल्याकबेरीको पहिलो ‘फुल टचस्क्रिन स्मार्टफोन’ सार्वजनिक, यस्तो छ मूल्य


असोज २४, काठमाडौँ । स्मार्टफोन कम्पनि ब्ल्याकबेरीको पहिलो ‘फुल टच स्क्रिन स्मार्टफोन’ सार्वजनिक भएकोे छ । ब्ल्याकबेरी मोबाइल साझेदार चिनियाँ कम्पनि ‘टीसिएल’ले यसैहप्ता दुबइको जिटेक्समा ब्ल्याकबेरीको पहिलो ‘फुल टच स्क्रिन स्मार्टफोन’ ‘ब्ल्याकबेरी मोशन’ सार्वजनिक गरेको हो । यसै महिनाको अन्त्यसम्म मोबाइल बजारमा आउने कम्पनिले घोषणा गरेको छ ।

दुई ओटा सिमकार्ड प्रयोग गर्न सकिने स्मार्टफोन ‘ब्ल्याकबेरी मोशन’मा ‘एन्ड्रोइड नूगट ७.१.१’ भर्सन रहेको कम्पनिले जनाएको छ । ‘क्वालक्वाम स्नापड्रागन ६२५ प्रोसेसर’, ‘४ जीबी रोम तथा ३२ जीबी स्टोरेज’ क्षमतालाई २ टीबीसम्म बढाउन सकिने छ । ५.५ इन्च एचडी डिस्प्लेको रिजुलेशन ७२०×१२८० पिक्सल रहेको र स्क्रीनको सुरक्षाको लागि ‘ड्रागन ट्रायल प्रोटेक्सन’ (डिटिजी) प्रविधि प्रयोग गरिएको छ ।

साथै, १२ मेगापिक्सल रियर क्यामराको साथ ‘फोर के’ भिडियो रेर्कडिङ गर्न सकिने छ भने फ्रन्ट क्यमामरा ८ मेगापिक्सलको रहेको कम्पनिले जनाएको छ । त्यस्तै, फोनको ‘होम बटम’मा ‘फिंगरप्रिन्ट स्क्यानर’ राखिएको छ । जसबाट प्रयोगकर्ताले मात्रै फोन खोल्न सक्नेछन् । कम्पनिका अनुसार वाटरप्रुफ ‘ब्ल्याकबेरी मोशन’ स्मार्टफोनकोे मूल्य ४६० अमेरिकी डलर (करिव ४८ हजार रुपैयाँ) राखिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !