७ बैशाख २०८१, शुक्रबार

सोनीले मोबाइलभन्दा हलुका मिनि एयर कन्डिसनर निर्माण “भिडियोसहित”


एजेन्सी, जापानको बहुराष्ट्रिय प्रविधि कम्पनी सोनीले मोबाइल फोनभन्दा हलुका मिनि एयर कन्डिसनर निर्माण गरेको छ । उक्त मिनि एयर कन्डिसनर टिसर्टमै फिट हुने जनाइएको छ । यसको नाम ‘रियोन पकेट’ राख्यो । यस एसी ब्याट्रीको सहयोगमा चल्नेछ । यसलाई ब्लुतुथमार्फत् स्मार्टफोनसँग जोड्न सकिने जनाइएको छ । सोनीका अनुसार दुईघन्टा चार्जगर्दा यो ९० संचालनमा आउनेछ ।

यस एसी किन्दा सोनीले विशेष टिसर्टसमेत दिनेछ । सोही टिसर्टमा एसी राख्न मिल्छ । टिसर्टसहित यसको मूल्य १८ हजार ८० यन तोकिएको छ । एसीमात्र चाँही ९ हजार यनमा यसलाई खरिद गर्न सकिनेछ । यस एसीले गर्मीमा हिँड्न मदत गर्नेछ । पसीना आउन नदिने जनाइएको छ । विश्वमा जलवायु परिवर्तनले तापक्रम बढ्दो छ । तापक्रम र बढ्दो गर्मीमा यसले मानिसलाई सुविधा दिने अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !