८ पुस २०८१, सोमबार

अप्टिकल फाइबर र नेपालमा यसको प्रयोग


परिचय

अति तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने अप्टिकल फाइबर को प्रचलन नेपालमा पनि शुरू भएको छ। ग्लासलाई मेशिनद्वारा मसिनो फाइबर तारको रुपमा विकास गरिन्छ । त्यसमा हाम्रो सूचनालाई लाइटमा कन्भट गरेर लाइट ट्रान्समिटर गर्ने हो । एक पटक अप्टिकल फाइबर बिच्छ्याएपछि त्यसमा धेरै डाटा एकै पटकमा पठाउन सकिन्छ । यो जमिनमुनि र माथिबाट प्रयोग गर्न सकिने उच्च प्रविधि हो ।

अप्टिकल दृश्य तथा प्रकाशसित सम्वन्धीत छ । अप्टिकल फाइबरमा अरू तारमा जस्तो धातुको प्रयोग नगरेर प्लास्टिक, काँच र सिलिका लगायतका अन्य अधातुहरू प्रयोग गरेर बनाइन्छ । यसको बनोट ३ तहमा हुन्छ । बीचमा कोर हुन्छ जुन यसको डाटा हिँड्ने मुख्य भाग हो । त्यसदेखि बाहिर क्ल्याडिङ र सबैभन्दा बाहिर ज्याकेट अर्थात कभर हुन्छ । कोर भाग काँच, फाइबर र अन्य प्युरिटीहरूले बनेको हुन्छ। यसमा लाईट टोटल इन्टर्नल रिफ्लेक्शनको आधारमा डाटा आदान-प्रदान हुन्छ । कोरभन्दा लगत्तै बाहिर रहेको क्ल्याडिङले कोरबाट बाहिर परावर्तन हुन लागेको डाटालाई पुन: कोरतिर नै फर्काइदिन्छ । यसरी बाउन्स हुँदा-हुँदै पहुँचसम्मको परिपथ बन्दछ । भित्रका यी दुवै भाग कमजोर पदार्थले बन्ने भएकाले सबैभन्दा बाहिरपट्टि सिन्थेटिक वा हाइ डेन्सिटी पोलिथिनले बनेको कभर राखिएको हुन्छ यसलाई ज्याकेट भनिन्छ ।

नेपालमा यसको प्रयोग

सानो छरितो तारबाट विना झन्झट धेरै डाटा आदान-प्रदान गर्न सकिने र डाटा चुहावट नहुनाले नै यसको लोकप्रियता बढ्दै गएको हो ।  हालसम्म ४० गेगाबाइट प्रतिसेकेन्डका दरले डाटा आदान प्रदान गर्ने उपकरणहरू बनेका छन् । नेपालमा प्रयोग भैरहेको उपकरणले चाहिँ १० गेगाहर्ज/सेकेन्डको गतिमा तथ्यांङ्क आदान प्रदान गर्दछ । अहिलेसम्म एउटा टावरबाट अर्को टावर गर्दै माइक्रोवेभ लिंकबाट डाटा आदान प्रदान गरिरहेको नेपाल टेलिकमलाई विभिन्न कारणले टावरहरू क्षतिग्रस्त हुँदा त्यस क्षेत्रको सञ्चार सम्पर्क नै लथालिङ्ग हुने स्थितिबाट अप्टिकल फाइबरलाई बैकल्पिक माध्यमको रुपमा प्रयोग गर्न सकिन्छ ।

केहि समयअघि चीनले नेपालको दूरसञ्चार सेवाका लागि काठमाडौंदेखि कोदारीसम्म ११५ कि.मी. अप्टिकल फाइबर बिच्छ्याउने कार्यमा सहयोग प्रदान गरेको छ । त्यस्तै भारतको सहयोगमा नेपालको पूर्वदेखि पश्चिमसम्म अप्टिकल फाइबर बिच्छ्याउने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा भद्रपुरदेखि नेपालगञ्जसम्म ८९८ किलोमिटर अप्टिकल नेटवर्क बिछ्याइएको नेपाल टेलिकमले जनाएको छ । यसबाट तराइका ७९ वटा स्टेशनमा SDH उपकरण मार्फत अप्टिकल लिंकमा जोडिने छन् । यसबाट दूरसञ्चार सेवामा अझ बढी प्रभावकारिता र अझ बढी विश्वसनियता आउने देखिएको छ ।

नेपाल टेलिकमले उपत्यकाका सबै एक्सचेन्जहरूलाई अप्टिकल केबुलले जोडिसकेको छ भने पूर्वपश्चिम अप्टिकल लिंकलाई नेपाल विद्युत प्राधिकरणको अप्टिकल पावर ग्राउन्ड वायरबाट राजधानीमा जोडिएको छ । अब काठमाडौंदेखि कोदारीसम्म यसको विस्तार हुने हो भने नेपालका आन्तरिक तथा बाह्य ट्रंकका सर्किटहरू पर्याप्त हुने निश्चित छ । यसबाट चीन र भारतसितको हाम्रो दूरसञ्चार सेवाको ब्यापारमा पनि बृद्धि हुनेछ ।

हाल नेपालमा अप्टिकल फाइबर मुख्यतया दूरसञ्चार सेवामा ब्यापक प्रयोग हुन थालेको छ । यस बाहेक बिद्यूत प्राधिकरण र केही केबुल इन्टरनेट प्रदायकहरूले पनि यसको प्रयोग गर्न थालेका छन् । विश्वको सन्दर्भमा हेर्दा दूरसञ्चारका अतिरिक्त ब्याङ्किाङ तथा बित्तीय निकायहरू, सुरक्षा, टेलिभिजन प्रशारण, लगायतका क्षेत्रमा अप्टिकल फाइबर नेटवर्कको प्रयोग हुने गरेको छ ।

यो पनि पढ्नुहोस् 

विश्वव्यापीकरण (Globalization) र यसको असर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !