![एनसेल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/12/Ncell-Nepal-Office-1.jpg?fit=1024%2C575&ssl=1)
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताएकी छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिइन् । उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन् ।
समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गरेका थिए । समितिको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ ।
–