४ बैशाख २०८१, मंगलबार

नयाँ वर्षदेखि फेसबुक बन्द हुन्छ भन्ने हल्ला निराधार


Ministry of Communication

३० चैत काठमाण्डौ  । सूचना तथा सञ्चार मन्त्रालयले नयाँ वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाइने भनी आएको हल्ला निराधार भएको प्रष्ट पारेको छ ।

मन्त्रालयको लेटरप्याड प्रयोग गरी फेसबुक लगायतका सामाजिक सञ्जालमाथि नेपालमा भोलि दिनदेखि प्रतिबन्ध लगाउने तयारी भइरहेको भनी आएको समाचार गलत भएको मन्त्रालयले प्रष्ट पारेको हो ।

मन्त्रालयले आज एक विज्ञप्ति निकाल्दै फेसबुक लगायतका कुनै पनि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागाउने निर्णय नभएको बताएको छ ।

यस्तो भ्रामक सूचना फैलाउने व्यक्तिविरुद्ध कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई आग्रह गरिएको पनि मन्त्रालयले जनाएको छ ।
यस्तो समाचार कसैले सामाजिक सञ्जालमा पोष्ट गरेको वा सेयर गरेको भए तत्काल हटाउन मन्त्रालयले आग्रह गरेको छ ।

Sanchar Mantralaya


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !