१३ बैशाख २०८१, बिहिबार

बाढी पिडितको पिडा: कौडी छैन, कसरी खाद्यान्न किन्ने ?


बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता, १७ घर पुरिए फाइल फोटो

जाजरकोट, १९ साउन । पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्ति गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असार २५ गते पहिरोमा परी १४ जनाको मृत्यु र एक हजार २०० भन्दा बढी विस्थापित भएको बारेकोट गाउँपालिकामा खाद्यान्न आपूर्ति गरेको हो । बारेकोटको घाट र काउली डिपोमा खाद्यान्न आपूर्ति गरेको सो कम्पनीले जनाएको छ ।

पहिलो चरणमा ३०० क्वीन्टल चामल ढुवानी गरिएको र अन्य खाद्यान्न ढुवानी गर्ने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

पहिरो प्रभावितलाई खाद्यान्न अभाव भएपछि समस्या भएको गुनासो आएपछि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा त्यहाँ खाद्यान्न पु¥याएको प्रजिअ पन्तले बताउनुभयो । पहिरोका कारण बारेकोटमा ५५ घर पूर्णरुपमा भत्किएका छन् भने एक हजार २०० स्थानीयवासी विस्थापित भई विद्यालय र खुल्ला चौरमा त्रिपाल टाँगेर बसेका छन् ।

छ महिना आफ्नै उत्पादनले खाना पुग्ने बारेकोट गाउँपालिकामा बाँकी समय आयातित खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता छ । पटक–पटक प्रकृतिक विपत्तिको मारमा परेको बारेकोट गाउँपालिकामा पीर, बेदना थामी नसक्नु भएको स्थानीयवासी तीर्थराज बोहोराले बताउनुभयो ।

अघिल्लो वर्ष असिनाले गहुँको बीउसम्म बाँकी नरहेको बारेकोटमा यो पटक पहिरोले अधिकांश ठाउँमा छियाछिया परेको छ । भूगर्भविद्मार्फत अहिले बस्ती रहेका ठाउँमा बस्न योग्य छ कि छैन भनेर जाँच गरेर मात्र अब बस्ती बसाउने काम हुने प्रजिअ पन्तले जानकारी दिनुभयो ।

विस्थापित परिवार र भत्किएका घरको विवरण सङ्कलन कार्य करिब÷करिब पूरा भएको भन्दै प्रजिअ पन्तले सबैको नाम गृहमन्त्रालयमा सिफारिस गरिने र सो ठाउँमा नयाँ घर निर्माणको काम शुरु हुने बताउनुभयो । यदी कसैको घर भत्किएर नाम छुटेको भए, कुनै कारणबस पीडित भएर पनि लिष्टमा नाम सिफारिस हुन छुटेको भए तुरुन्तै प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कौडी छैन, कसरी खाद्यान्न किन्ने ?

बाढीपहिरोबाट विस्थापित भएका स्थानीयवासी आफूहरुसँग पैसा नभएका कारण खाद्यान्न खरिद गर्न नसकिएको बताएका छन् । बारेकोट गाउँपालिका–४ सार्कीटोलका सबै आफन्त गुमाएका तुले सार्की अहिले पालमा बस्नुहुन्छ । उहाँलाई राहतका लागि दिएको दुई केजी चामल उहीले नै सकिसकिएको थियो । अहिले उहाँ अरु छिमेकीसँग पैचो मागेर खाइरहनुभएको छ ।

उहाँ जस्तै अर्का रामबहादुर सार्कीको १३ जनाको परिवारलाई प्रतिव्यक्ति दुई केजी चामल, प्रतिपरिवार ४ प्याकेट बिस्कुट, एक पिस कम्मल र त्रिपाल उपलव्ध गराएको थियो । सो खाद्यान्न हप्ता दिन नपुग्दै सकिएको रामले बताउनुभयो । लकडाउनका कारण बाहिर काम गर्न जान नपाएका सार्की टोलका सर्वसाधारण आवश्यक पैसा नहुँदा खाद्यान्न खरिद गर्न नपाएको बताएका छन् । खोजीमा सुक्को छैन, माल भएर पनि के गर्नु ? अर्का भीम सार्कीले बताउनुभयो ।

उहाँसँगै विस्थापित अधिकांश सर्वसाधारणको गुनासो यही रहेको छ । राहत पाउनुपर्ने भन्दा नपाउनु पर्नेले बढी पाएको सर्वसाधारणको गुनासो छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !