१९ असार २०८१, बुधबार

नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध


नारायणगढ-मुग्लिन

चितवन, ८ साउन । नारायणगढ-मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो ।

अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । यस वर्षका वर्षात्सँगै त्योे ठाउँमा पटक पटक पहिरो गएर दुःख दिइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !