१९ असार २०८१, बुधबार

पहिराले पुरिएर हजुरआमा र नातिनीको मृत्यु


तनहुँ पहिरो फाइल फोटो

दमौली, ५ साउन । तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा आज पहिराले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय मनोज धौलारीको घर पहिराले बगाउँदा दुवै जना बेपत्ता भएका थिए । बेपत्तामध्ये शिताष्माको उद्धार गरिए पनि अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । तिलमायाको भने घटनास्थलमै शव निकालिएको छ ।

पहिराले पुरिएर तनहुँमा एकसाताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । व्यास नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो । व्यासका एक जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !