२१ असार २०८१, शुक्रबार

इन्डोनेसियामा बाढीमा परी १६ जनाको मृत्यु, २३ जना बेपत्ता


इन्डोनेसियामा बाढी

जाकार्ता, ३१ असार । इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् ।

यस बाढीका परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
सुलावेसी प्रान्तको मसाम्बा, रोङ्गकोङ र मेल्ए जिल्लाको नदीहरुका आएको बाढीको कारण त्यहाँका पाँच हजार परिवार प्रभावित भएका छन् ।

आइतबार र सोमबार आएको भीषण वर्षाको कारण सो नदीहरुमा बाढी आएको बताइएको छ । कैयौ भवन, सडक र केही गाउँ समेत बाढीको डुबान परेको सो इलाकामा फसेका व्यक्तिहरुको उद्धार कार्य समेत कठिन भएको अधिकारीहरुले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !