१३ बैशाख २०८१, बिहिबार

गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा आगलागी : ८ माइक्रोबस जले, ४ आंशिक क्षति


गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा आगलागी : ८ माइक्रोबस जले, ४ आंशिक क्षति

काठमाडौं, असार २१ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आज बिहान ३ बजेतिर १२ वटा माइक्रोबसमा आगलागी भएको छ । ग्यारेजभित्र रोकी राखिएका माइक्रोबसहरुमा आगो लागेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आगलागिबाट ८ वटा माइक्रोबस पूर्ण रुपमा क्षति भएको र ४ वटा बस आंशिक रुपमा जलेको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट जलेका ८ वटा माइक्रोबसहरुमा बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबस रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा १ ज ९६०९ नम्बरको माइक्रोबाट आगलागी सुरु भएको थियो ।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा प्राविधिक कारणबाट आगलागी भएको देखिन्छ । रोकेर राखेका बसहरुमा आगो कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, घटनाबारे थप अनुसन्धानपछि मात्र यकिन हुन सक्ने प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !