काठमाडौँ । काठमाडौँमा एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ । आज शनिबार बिहानै करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
यसबारे थप विवरण आउन बाँकी रहेको छ । एकाबिहानै भुकम्पको धक्काले महसुस भएपछी केहि मानिसहरु घर बाहिर निक्लिएका छन ।
गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।