१२ आश्विन २०८१, शनिबार

जुम्लामा क्वारेन्टाइनमा बसेका १ जना वृद्धको मृत्यु


मृत्यु-निधन

सुर्खेत, जेठ २३ । जुम्ला जिल्लामा क्वारेन्टाइनमा बसेका १ जना वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाइन बसेका ६५ वर्षीय वृद्धको हिजो बिहीबार राती मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार मृतक वृद्ध यही जेठ २१ गते बाहिरी जिल्लाबाट आएर क्वारेन्टाइन बसेका थिए । मृतकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्वास्थ्यकर्मी टोलीले स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार मृतक दमको रोगी भएको र केही समय बर्दियामा बसेर २ दिनअघि जुम्ला फिर्ता भएका थिए । जुम्लामा क्वारेन्टाइनमै मृत्यु भएको यो पहिलो घटना हो । वृद्धको मृत्युपछि जुम्लाबासी थप त्रसित बनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !