१२ असार २०८१, बुधबार

पाँचथरमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु


दुर्घटना

मिक्लाजुङ । मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ-६ टाहारीमा पिकअप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ।

थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !