१३ आश्विन २०८१, आइतबार

बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमणवाट २ जना चिकित्सकको मृत्यु


प्रा. डा. सुनिल झा र डा. नारायण बहादुर थापा

काठमाडौं । बिरामीको उपचार गर्दागर्दै कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट २ जना चिकित्सकको मृत्यु भएको छ । बिरामीको उपचारकै क्रममा उनीहरुको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले समवेदना प्रकट गर्दै जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले समवेदना बिज्ञप्ति जारी गर्दै कोरोना संक्रमणपछि मृत्यु हुनेमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा. नारायण बहादुर थापा रहेका छन् ।

डा. झाको आज मंसिर १ गते सोमबार बिहान मृत्यु भएको हो भने डा. थापाको हिजो आइतबार राती मृत्यु भएको केन्द्रले जनाएको छ । उनीहरुको निधनवाट देशलाई ठुलो क्षति पुग्न गई नेपालीहरुलाई मर्माहत बनाएको सह-प्रवक्ता डा. अधिकारीद्वारा हस्ताक्षर गरेको समवेदनामा उल्लेख गरिएको छ ।

बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमणवाट २ जना चिकित्सकको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !