१ मंसिर २०८१, शनिबार

भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


भरतपुर अस्पताल

भरतपुर । चितवनको भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषहरुको मृत्यु भएको छ । कोरोना संक्रमणवाट मृत्यु हुनेहरु दुवै जना मकवानपुर जिल्लाका रहेको अस्पतालले जानकारी दिएको छ ।

मकवानपुर जिल्ला, हेटौंडा-४ बस्ने ५४ वर्षीय पुरुष मंसिर १ गते कोरोना संक्रमण सहित ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई उक्त अस्पतालको कोभिड आइसीयु भर्ना भएका निजलाई आजै मंसिर १ गते नै कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । उपचारका सबै उपायहरु गर्दा गर्दै आज दिनको ३:०० बजे कोरोना संक्रमणवाट मृत्यु भएको हो ।

यस्तै मकवानपुर जिल्ला, बकैया-७ बस्ने ६० वर्षीय पुरुष कार्तिक २१ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई उक्त अस्पतालमा भर्ना भएका उनलाई कार्तिक २४ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कार्तिक २४ गते नै कोभिड आइसीयुमा राखी उपचार गरिएको थियो । उपचारका सबै उपायहरु गर्दा गर्दै हिजो ३० गते साँझ ५:४५ बजे कोरोना संक्रमणवाट मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !