१७ असार २०८१, सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो


मृत्यु

काठमाडौँ, कार्तिक २०। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०६८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ७ हजार १९० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६५१४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १२३२ जना रहेका छन् ।

३०५१ जना कोरोना संक्रमितमध्ये १८४२ जना पुरुषहरु र १२०९ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३९८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७९७ जना पुरुषहरु र ६०१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १०९१ जना, ललितपुर जिल्लाका १६० जना र भक्तपुर जिल्लाका १४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३०५१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८५९७४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३४३० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४८४०८ पुगेको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !