१४ पुस २०८१, आइतबार

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ९२० पुग्यो


मृत्यु

काठमाडौँ, कार्तिक १४ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४९८९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ३४ हजार ५३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८३५७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २६६६ जना रहेका छन् ।

३५१७ जना कोरोना संक्रमितमध्ये २१५६ जना पुरुषहरु र १३६१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ११०७ जना पुरुषहरु र ७८१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १५०८ जना, ललितपुर जिल्लाका २४९ जना र भक्तपुर जिल्लाका १३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३५१७ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६८२३५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४०९६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२८९५८ पुगेको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !