काठमाडौँ, कार्तिक १३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७६९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख १९ हजार ६४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८९५२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २६८९ जना रहेका छन् ।
२३६४ जना कोरोना संक्रमितमध्ये १३८० जना पुरुषहरु र ९८४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १६१५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ९११ जना पुरुषहरु र ७०४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १३३८ जना, ललितपुर जिल्लाका १८० जना र भक्तपुर जिल्लाका ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा आज कोरोना संक्रमण नयाँ २३६४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६४७१८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३०३८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२४८६२ पुगेको छ ।