काठमाडौँ, कार्तिक १०। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५००६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ९८ हजार १७९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४३२९३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २९६९ जना रहेका छन् ।
१७४१ जना कोरोना संक्रमितमध्ये १ हजार ६४ पुरुषहरु र ६ सय ७७ महिलामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३८० पुरुषहरु र ५१५ महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६७३ जना, ललितपुर जिल्लाका १४६ जना र भक्तपुर जिल्लाका ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा आज कोरोना संक्रमण नयाँ १७४१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५९८३० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४००५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५६७५ पुगेको छ ।