झापाका पुराना कम्युनिष्ट नेता मैनालीको निधन Nepalpatra
१५ मंसिर २०७७, सोमबार

झापाका पुराना कम्युनिष्ट नेता मैनालीको निधन


मृत्यु

झापा, ९ कात्तिक । झापाका पुराना कम्युनिष्ट नेता मैनालीको निधन पुराना कम्युनिष्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड-८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उनको निधन भएको हो । उनलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो ।

प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो । पछि बहुदल आएपछि उहाँलाई सिरहा जेलबाट रिहा गरिएको थियो ।

उहाँ २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए । उनी अविवाहित थिए । कम्युनिष्ट विचारधाराका निष्ठावान नेता मैनाली नेकपा एमाले, माले, माओवादी, जनमोर्चा लगायतका सबैजसो वामपन्थी पार्टीमाझ प्रिय थिए ।



प्रतिक्रिया दिनुहोस !