काठमाडौँ, कार्तिक ८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८४६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ८० हजार ८६२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४६०५७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३३२२ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ८३२ जना, ललितपुर जिल्लाका १७६ जना र भक्तपुर जिल्लाका १०२ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा आज कोरोना संक्रमण नयाँ २२२५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५५२३३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २८४६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०८३३४ पुगेको छ ।