काठमाडौँ, असोज ३० । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । हिजो नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७०० नाघ्यो