१२ असार २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो


मृत्यु

काठमाडौँ, असोज २६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । हिजो नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट २ जना महिला र ७ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने २ जना महिलामा काठमाडौँकी १ जना र चितवनकी १ जना रहेकी छन् । कोरोना संक्रमणवाट मृत्यु हुने ७ जना पुरुषमा सुनसरीका ३ जना, काठमाडौँकी २ जना, ललितपुरका १ जना र रुपन्देहीका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने २ जना महिलामा काठमाडौँकी ७१ वर्षीया र चितवनकी ४० वर्षीय रहेकी छिन् । यस्तै मृत्यु हुने ७ जना पुरुषहरुमा सुनसरीका ३७, ८९ र ९० वर्षीय ३ जना, काठमाडौँका ६३ र ६७ वर्षीय २ जना, ललितपुरका ५० वर्षीय र रुपन्देहीका ७४ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट एकैदिन थप २२ जनाको मृत्यु, मृतकको संख्या ६३६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !