१२ श्रावण २०८१, शनिबार

 सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु


सेती प्रादेशिक अस्पताल

धनगढी, असोज २५ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोराना भाइरस (कोभिड-१९) संक्रमित मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-३ का ५२ वर्षीय पुरुषको आज विहान साढे २ बजे मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि २३ गते अस्पताल भर्ना भएका बेला उनको स्वास्थ्य अवस्था सामान्य थियो । उनी कलेजो सम्वन्धीका बिमारी पनि रहेको अस्पतालले जानकारी दिएको छ । गएराति एक्कासी श्वास-प्रश्वासमा समस्या आएपनि आज विहान २ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !