७ असार २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६०० पुग्यो


मृत्यु

काठमाडौँ, असोज २३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट १ जना महिला र ९ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा काठमाडौँकी १ जना रहेकी छन् । कोरोना संक्रमणवाट मृत्यु हुने ९ जना पुरुषमा झापाका २ जना, सुनसरीका ३ जना, काठमाडौँका १ जना, ललितपुरका १ जना र रुपन्देहीका २ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने १ जना महिलामा काठमाडौँकी ८७ वर्षीया रहेकी छिन् । यस्तै मृत्यु हुने ९ जना पुरुषहरुमा झापाका २९ र ५२ वर्षीय, सुनसरीका ४६, ५२ र ६८ वर्षीय, काठमाडौँका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय र रुपन्देहीका ४७ र ८४ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६०० पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !