काठमाडौँ, असोज २२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको पुष्टि भएको छ । नेपालमा आजसम्म कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६० % रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिला र ८ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने ४ जना महिलामा काठमाडौँकी १ जना, ललितपुरकी १ जना, भक्तपुरकी १ जना र सुर्खेतकी १ जना रहेकी छन् । कोरोना संक्रमणवाट मृत्यु हुने ८ जना पुरुषमा सुनसरीका १ जना, धनुषाका १ जना, काठमाडौँका २ जना, चितवनका ३ जना र कास्कीका १ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलामा काठमाडौँकी ७९ वर्षीया, ललितपुरकी ७३ वर्षीया, भक्तपुरकी ८२ वर्षीया र सुर्खेतकी ८२ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ८ जना पुरुषहरुमा सुनसरीका ३९ वर्षीय, धनुषाका ७० वर्षीय, काठमाडौँका ५८ र ९१ वर्षीय, चितवनका ८१, ८१ र ९३ वर्षीय र कास्कीका ८३ वर्षीय रहेका छन् ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो