१२ असार २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो


मृत्यु

काठमाडौँ, असोज १८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

नेपालमा आजसम्म कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६२ % रहेको छ । आज कोरोना संक्रमणवाट मकवानपुरमा ५ दिने वालिकाको मृत्यु समेत भएको मन्त्रालयले पुष्टि गरेको छ । हिजो नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिला र ३ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने ४ जना महिलामा चितवनकी १ जना, मकवानपुरकी ५ दिने वालिका १ जना, बाँकेकी १ जना र कन्चनपुरकी १ जना रहेका छन् । कोरोना संक्रमणवाट मृत्यु हुने ३ जना पुरुषमा काठमाडौँका १ जना, ललितपुरका १ जना र बाँकेका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलामा चितवनकी ५५ वर्षीया, मकवानपुरकी ५ दिने वालिका, बाँकेकी २५ वर्षीया र कन्चनपुरकी २९ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ३ जना पुरुषहरुमा काठमाडौँका ५५ वर्षीय, ललितपुरका ७७ वर्षीय र बाँकेका ६० वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृतकको संख्या ५३५ पुग्यो, थप ७ जनाको मृत्यु

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ५२८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !