काठमाडौँ, असोज ९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको पुष्टि भएको छ ।
कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६५ % रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।
बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ३ जना महिला र ३ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने ३ जना महिलामा मोरङकी १ जना, काठमाडौँकी १ जना र कपिलबस्तुकी १ जना रहेकी छन् भने मृत्यु हुने ३ जना पुरुषमा मोरङका १ जना, सप्तरीका १ जना र ललितपुरका १ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ३ जना महिलामा मोरङकी ६० वर्षीया, काठमाडौँकी ७५ वर्षीया र कपिलबस्तुकी ७० वर्षीया रहेकी छन् । यस्तै मृत्यु हुने ३ जना पुरुषमा मोरङका ५५ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीय रहेका छन् ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो