५ आश्विन २०८१, शनिबार

विराट मेडिकल कलेज उपचाररत ३७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु


विराट मेडिकल कलेज

विराटनगर, असोज ५ । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट १ जना महिलाको मृत्यु भएको छ । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत ताप्लेजुङको याङरुपा गाउँपालिका-१ की ३७ वर्षीय महिलाको सोमबार बिहान १०:४५ बजे मृत्यु भएको हो ।

मृतक महिलामा कलेजो सम्वन्धी गम्भिर समस्या थियो । विराट मेडिकल कलेज शिक्षण अस्पताल स्रोतका अनुसार मृतक महिला भदौ ३० गते विराट मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

मृतक महिलालाई आफन्तले सुरुमा नोबेल मेडिकल कलेजमा भर्ना गराएका थिए । नोबेलमा उपचारका क्रममा पोजेटिभ देखिएको देखिएपछि विराटमा लगिएकाे थियाे । विराटमा आइसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएकाे बताइएकाे छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !