५ आश्विन २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो


मृत्यु

काठमाडौँ, असोज २ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट २ जना महिला र ५ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा काठमाडौँकी १ जना र ललितपुरकी १ जना गरी २ जना रहेका छन् भने मृत्यु हुने पुरुषमा मोरङका २ जना, काठमाडौँका १ जना, भक्तपुरका १ जना र नवलपरासीका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने २ जना महिलामा काठमाडौँकी ८५ वर्षीया र ललितपुरकी ६६ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ५ जना पुरुषमा मोरङका ६६ वर्षीय २ जना, काठमाडौँका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय र नवलपरासीका ३१ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु