३० कार्तिक २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा कोरोना संक्रमणवाट ८ जनासहित १५ जनाको मृत्यु


मृत्यु

काठमाडौँ, २९ भदौ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणवाट आज एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको संक्रमणवाट मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु भएकामध्ये काठमाडौँ उपत्यकामा मात्र आठ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लाका छ र ललितपुर तथा भक्तपुरका एक÷एक जना रहेका छन् । उहाँका अनुसार मोरङका ४० र ७० वर्षीय दुई पुरुष, काठमाडौँका ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीया र ६१ वर्षीया महिला रहेका छन् । यस्तै ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष, रामेछापका २३ वर्षीय पुरुष रहेका छन् ।

यस्तै गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीया महिला छन् । आजसँगै संक्रमणवाट निधन हुनेको सङ्ख्या ३६० पुगेको छ । नेपालमा सङ्क्रमित हुनेबाट निधन हुने ०.६५ प्रतिशत रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !