६ आश्विन २०८१, आइतबार

बुटबलमा कपिलबस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु


बुटवल कोरोना विशेष अस्पताल

बुटबल, भदौ २९ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १ जना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका-५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको हो ।

बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । उनी मिर्गौला र उच्च रक्तचाप रोगबाट पीडित रहेका उनको डायलासिस भइरहेको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !