६ आश्विन २०८१, आइतबार

लुम्बिनी अस्पतालमा उपचाररत नवलपुरका कोरोना संक्रमित पुरुषको मृत्यु


लुम्बिनी अस्पताल

पोखरा । गण्डकीमा थप १ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । लुम्बिनी अस्पताल, रुपन्देहीमा उपचाररत नवलपुर मध्यविन्दु-१२,का ६० वर्षीय पुरुषको भदौ २६ गते दिउसो ४:३० बजे मृत्यु भएको हो ।

निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो । ती पुरुषको स्वाब जाँच गर्दा संक्रमण पुष्टि भएको थियो । भदौ २६ गते दिउँसो उनको मृत्यु भएको थियो । अस्पताल प्रशासनले जानकारी दिएपछि स्वास्थ्य निर्देशनालयले मृतकको संख्या थपिएको जनाएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !