२२ भाद्र २०८१, शनिबार

ललितपुरमा भक्तपुरका २ जना र काठमाडौंका १ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

ललितपुर, भदौ २७ । ललितपुर जिल्लामा ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । ललितपुरका २ वटा अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत २ जना र मेघा अस्पताल उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भदौ १७ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको गएराती ९:४५ बजे र भदौ १९ गतेदेखि उपचार गराइरहेका काठमाडौका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान २:०० बजे मृत्यु भएको हो।

यसैगरी भदौ २६ गतेदेखि मेघा अस्पताल, ललितपुरमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७:४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !