७ मंसिर २०८१, शुक्रबार

साढे ६ महिनापछि आफन्तलाई शव


मृत्यु

घोराही, २५ भदौ । दाङको घोराही उपमहानगरपालिका –१८ निवासी गणेश तामाङको शव साढे ६ महिनापछि आज परिवारले बुझेका छन् । गत वर्ष मङ्सिर १० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै कामदारका रुपमा साउदी अरब पुग्नुभएका तामाङको तीन महिनापछि मृत्यु भएको खबर आएको थियो ।

तामाङ विसं २०७६ फागुन पहिलो साता आफ्नै कोठामा मृत फेला परेको जनाइएको छ । मृत्यु भएलगत्तै शव घर ल्याउन पहल गरिए पनि नसकिएको मृतक तामाङकी पत्नी जानकारी घर्तीले बताउनुभयो ।

कोरोना जोखिमका कारण पटकपटक शव नेपाल ल्याउन आफूहरु वैदेशिक रोजगार विभाग र साउदीस्थित नेपाली दूतावास धाए पनि सुनुवाइ नभएकाले ढिलाइ भएको उहाँको भनाइ छ । तामाङको शव आइपुगेपछि धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !