६ आश्विन २०८१, आइतबार

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु


चितवन मेडिकल कलेज

चितवन, भदौ २५ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत भरतपुर महानगरपालिका-११ का ६२ बर्षिय पुरुषको आज दिउसो १२ः२० बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनी स्वासप्रश्वासमा समस्या भई भदौं १८ गते अस्पताल भर्ना भएका थियो । उनमा भदौं २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भेन्टिलेटरमा राख्नुका साथै रेम्डेसिभिर थेरापीबाट उपचार गरेको अस्पतालले जनाएको छ ।

योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । मृत्यु भएकामध्ये १३ जना चितवनका छन् । चितवनमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !