७ पुस २०८१, आइतबार

पोखरामा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु


मृत्यु

पोखरा, भदौ २३ । कास्की जिल्लाको पोखरामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा-१० की ७३ वर्षीया बृद्धाको मंगलबार दिउँसो निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

ती मृतक बृद्धा बिरामी परेपछि मेडिप्लस अस्पतालमा उपचारको लागि पुगेकी थिइन् । उपचारको क्रममा कोरोना संक्रमणको आशंका भएपछि उनको स्वाब परीक्षणको लागि पठाइएको थियो । कोरोना पोजेटिभ आएपछि उनलाई सोमबार मात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि लगिएको थियो ।

योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९ पुगेको छ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या २० जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !