सिरहा, भदौ २२ । सिरहामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत मिर्चैया नगरपालिका-५ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
हिजो भदौं २१ गते उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे ९ बजे ज्यान गएको जिल्ला स्वास्थ कार्यलय सिरहाले जनाएको छ । शुक्रबार करोना संक्रमण पुष्टि भएका उनलाई स्वास-प्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यसअघि फुलकुमारी मेमोरियल हस्पिटल कर्जन्हामा भर्ना गरिएका उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर लगिएको थियो । उनी उच्च रक्तचाप र मधुमेह डाइबीटिज बिरामी समेत रहेका थिए । योसंगै सिरहामा करोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९ पुगेको छ ।