नेेपालगन्ज, भदौ २२। बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको १ जना पुरुषको मृत्युु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका-९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
बिगत ३ वर्षदेखि मुटुरोगको समस्यावाट ग्रसित उनको आइतबार ८ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो ।
१५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । योसँगै बाँकेमा कोरोना सक्रमितको मत्यु हुनेको संख्या ७ जना पुगेको छ ।