६ आश्विन २०८१, आइतबार

नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु


मृत्यु

बुटवल, भदौ १७ । नवलपरासीकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको भैरहवामा मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासीको रामग्राम नगरपालिका-५ की कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी ती महिलाको मंगलवार राती ९:४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिएका छन् ।

डा.पोखरेलका अनुसार मृतक महिलाको आइसियुमा उपचार भइरहेको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !