१ मंसिर २०८१, शनिबार

बीपी प्रतिष्ठानमा उपचाररत सिरहाका कोरोना संक्रमित पुरुषको मृत्यु


विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, भदौ १६ । सुनसरी जिल्लाको धरानमा सिरहाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा सिरहाको मिर्चैया-६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार राति ८ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पताल उनलाई भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा राख्नुपर्ने देखिएपछि विराटनगरको विराट मेडिकल कलेजबाट रिफर गरिएका उनलाई भदौ १० गते साँझ प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

उनका अनुसार ज्वरो, खोकी, श्वास फेर्न कठिनाइ र अत्यधिक टाउको दुखाइका साथै शरीरका महत्त्वपूर्ण अंगहरू निष्क्रिय भएको अवस्थामा ती व्यक्ति प्रतिष्ठानमा भर्ना भएका थिए । प्रतिष्ठानमा पनि उनको दुईपटक डायलसिस गर्नुपरेको थियो । ती व्यक्ति पहिलेदेखि नै मधुमेह र उच्च रक्तचापका रोगी थिए ।

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !