६ आश्विन २०८१, आइतबार

वीरगञ्जमा बाराका कोरोना संक्रमित पुरुषको मृत्यु


गण्डक कोभिड अस्थायी अस्पताल

वीरगञ्ज, भदौ १६ । पर्सा जिल्लाको वीरगञ्जमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत बाराको कोल्भिका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान ४ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

उनलाई गत भदौं १० गते अस्पताल भर्ना गरिएको थियो । मधमेहका समेत रोगी रहेका उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो । अहिले मृतकको शव अस्पतालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !