७ आश्विन २०८१, सोमबार

वीरगञ्जमा रौतहटका कोरोना संक्रमित पुरुषको मृत्यु


मृत्यु

१४ भदौ, वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्जमा रौतहटका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचाररत रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय पुरुषको आज आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ १२ गते वीरगन्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । मधुमेहका समेत बिरामी रहेका ती युवकमा पछिल्लो समय गम्भीर किसिमको कोभिड निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

यसअघि शनिबार बेलुकी पनि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा रौतहटकै गम्हरीया-३ का संक्रमित ३० वर्षीय पुरुषको मृत्यु भएको थियो । योसंगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !