७ आश्विन २०८१, सोमबार

पाटन अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु


पाटन अस्पताल

ललितपुर, भदौ १३ । लालितपुरको पाटन अस्पतालमा २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आज बिहान १०:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै शुक्रबार राति काठमाडौंकी १ जना र शनिबार बिहान भक्तपुरकी १ जना गरी २ जना महिलाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीया महिलाको शुक्रबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको हो । उनमा उच्च रक्तचापको समस्या समेत रहेको थियो ।

यस्तै भदौ ८ गतेदेखि पाटन अस्पतालमा भर्ना भई उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान ६ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो । उनीहरु दुवैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !