७ आश्विन २०८१, सोमबार

सिरहामा मृत्यु भएका पुरुषमा देखियो कोरोना संक्रमण


मृत्यु

सिरहा, भदौ ६ । सिराहा जिल्लामा मृत्युपछि १ जना पुरूषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले जानकारी दिएको छ ।

उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । गाउँमै उनको भदौ २ गते स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाइएको थियो । उनको पिसिआर रिपोर्ट नआउँदै भदौ ३ गते उनको मृत्यु भएको थियो ।

रिपोर्ट नआउँदै शवलाई परिवारको जिम्मा लगाइएको थियो । उनमा कोरोना संक्रमण पुष्टि भएपछि मलामी गएका २० जनालाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको उनले बताए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !