७ आश्विन २०८१, सोमबार

पोखरामा कोरोना संक्रमणवाट १ जना बृद्धको मृत्यु


मृत्यु

पोखरा, भदौ २। कास्की जिल्लाको पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका-१६ का ८७ वर्षीय बृद्धको आज मंगलबार बिहान १०ः४० बजे कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ३२ मा प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएका उनलाई सोमबार कोभिड-१९ उपचार केन्द्रको आइसीयूमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप, मधुमेह र मृगौला सम्बन्धी रोगबाट समेत ग्रसित रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पोखराको कास्की सेवा अस्पतालमा सोमबार राति कोरोनाकै कारण तनहुँको व्यास नगरपालिका-१ की ५० वर्षीया १ जना महिलाको मृत्यु भएको थियो । यससँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ११३ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !