२२ भाद्र २०८१, शनिबार

विराटनगरमा कोरोना संक्रमणवाट थप १ जना पुरुषको मृत्यु


मृत्यु

विराटनगर, १ भदौं । मोरङ जिल्लाको बिराटनगरस्थित काेशी अस्पतालमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । विराटनगर-८ मधुमारा बस्ने ४७ वर्षीय राजवंशी थरका  पुरुषको मृत्यु भएको हो । यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

तर उनको स्थायी ठेगाना मोरङको कटहरी-१ हो । तर लामोसमदेखि विराटनगर-८ मधुमारा बस्दै आएका थिए । ती पुरूषकाे आज सोमबार बेलुका साढे ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङ स्रोतले जानकारी दिएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार कोशी अस्पतालमा भर्ना गरिएको थियो । उनको रिपोर्ट पनि सोमबार नै आएको थियो । मृतककाे शव व्यवस्थापन गर्ने तयारी भइरहेकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !