८ आश्विन २०८१, मंगलबार

कोरोना संक्रमणबाट वीपी प्रतिष्ठान धरानमा उपचाररत मोरङका १ जना पुरुषको मृत्यु


मृत्यु

धरान, साउन १४ । सुनसरी जिल्लाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको आज साँझ मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि हिजो मं‌गलबार काेशी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलनपछि अस्पतालकै आइसाेलेसनमा भर्ना भएका उनको बुधबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उपचारका क्रममा उनको शरीरमा ७० प्रतिशत मात्र अक्सिजनको मात्रा देखिएको थियो । उनलाई आजै विराटनगरको काेशी अस्पतालले रिफर गरेको थियो ।

उनलाई बुधबार दिउँसो करिब १ बजे विराटनगरबाट थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको पौने ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई अस्पताल ल्याउँदा नै निमोनियाको समस्या रहेको थियो ।

ती पुरुष भारतस्थित ससुरालीबाट श्रीमतीसहित १० दिन अगाडि आएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताएका छन् । यसअघि पनि ती पुरुष भारतस्थित ससुरालीबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका थिए भने पछिल्लो पटक भने क्वारेन्टाइनमा बसेका थिएनन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसअघि महोत्तरी र सप्तरी जिल्लाका २ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ५२ पुगेकाे छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु