९ आश्विन २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४५ पुग्यो


मृत्यु

काठमाडौं, साउन १० । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पर्सा जिल्लाको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना युवतीको हिजो मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका-४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको हो । नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई राति साढे १० बजे वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो ।

आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । उनको पीसीआर परीक्षण पनि पोजेटिभ आएको छ । उनमा स्क्रब टाइफस समेत पोजेटिभ देखिएको थियो । पखाला र जिउ काम्ने भइरहेको उनमा स्वास प्रश्वासमा पनि समस्या रहेको थियो । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा हिजो शुक्रबार अपरान्ह उनको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना युवतीको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !